दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

इन्डो-प्यासिफिकमा नेपाली सेनाले थप सहकार्य गर्ने

नयाँदिल्ली – भारत र अमेरिकी सेनाको संयुक्त सहकार्यमा नयाँदिल्लीमा हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन सकिएको छ ।

इन्डो–प्यासिफिक क्षेत्रमा ‘शान्ति र स्थायित्व’ का लागि आपसी सहकार्यलाई बढाउने विषयमा केन्द्रित रहँदै सेना प्रमुखहरूको सम्मेलन सकिएको हो ।

नेपालबाट प्रधानसेनापति प्रभुराम शर्मा सहभागी भएका उक्त कार्यक्रममा नेपालसहित ३० देशका प्रतिनिधि सहभागी थिए । जसमध्ये १८ देशबाट सेना प्रमुख स्वयं र अन्यबाट सैन्य प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाएका थिए ।

इन्डो–प्यासिफिक क्षेत्रमा आपसी सहयोग र अन्तरसञ्चालन क्षमता वृद्धि तथा मानवीय सहायता र संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका विषयमा केन्द्रित रहेको उक्त सम्मेलनमा सम्मेलनमा हिन्द–प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थिरता तथा सुरक्षाका लागि साझेदारी विषयमा पनि सम्मेलन केन्द्रित थियो ।

 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : ५९ बजे