बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

मोरङ पथरीको जंगलमा भेटिएको शवको पहिचान खुल्यो

पथरी । मोरङको पथरीशनिश्चरे-२ मा रहेको सुन्दर सामुदायिक वन क्षेत्रमा बेबारिसे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ ।

सामुदायिक वन क्षेत्रभित्र रहेको गोहीखोलामा पल्टिरहेको अवस्थामा आसोज असोज ९ गते प्रहरीले शव भेटेको थियो ।

मृत अवस्थामा फेला परेका व्यक्ती पथरीशनिश्चरे-२ का २६ वर्षीय करण सुव्बा रहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।मृतको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको प्रहरीले जनाएको छ ।

मृतक सुब्बा असोज १ गते देखी हराएका थिए घरबाट हराएको ९ दिन पछि उनि मृत फेला परेका हुन ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ६ : ४५ बजे