देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

टेरामोस प्रणाली लागू नगर्न दूरसञ्चार प्राधिकरण व्यवस्थापनलाई बोर्डको निर्देशन

काठमाडौं । शुरुवातदेखिनै विवादमा पर्दै आएको टेरामोस वा टेरामोक्ससमेत भनिने सिस्टमको कुनैपनि प्रकृया हालका लागि अगाडि नबढाउन नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले निर्णय गरेको छ।

प्राधिकरणको भदौ २५ गते बसेको बोर्ड बैठकले टेरामोस सम्बन्धि प्रस्तावमा छलफल गरेर विवादमा परेको टेरामोस (Telecommunications Traffic Monitoring and Fraud Control System (TERAMOCS) सम्बन्धी विविध प्रस्तावका सम्बन्धमा उक्त निर्णय गरेको हो।

प्राधिकरणले निर्णय नं ५०८३ मा रहेको उक्त प्रस्तावमा सो दिन निर्णय गरेको स्रोतले जानकारी दिएको छ।उक्त विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बजेटको बिषयमा दिएको सुझाबको आधारमा नीतिगत/कानूनी स्पष्टता भएपछि मात्रै प्रक्रिया अगाडी बढाउने  निर्णय बोर्ड बैठकले  गरेको हाे।

“सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट नेपाल दूरसञ्चार प्राधिकरणको आ.व. २०८०/८१ को वार्षिक कार्यक्रमको बारेमा २०८० भदौ १३ गते सुझावसहित प्राप्त पत्रमा टेरामोस स्थापना गर्ने सम्बन्धमा आवश्यक नीतिगत/कानूनी स्पष्टता भएपछी मात्रै प्रक्रिया अगाडि बढाउने भन्ने निर्देशन भए बमोजिम प्रस्तुत विषयमा मन्त्रालयसँग समेत समन्वय गरी नीतिगत/कानूनी स्पष्टता भएपछी मात्र टेरामोस सम्बन्धी थप प्रक्रिया अगाडि बढाउन व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरियो।”  बोर्ड निर्णयमा भनिएको छ।  बोर्डको यो निर्णय हालसम्म प्राधिकरणले गोप्य राखेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ५ : ०५ बजे