दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विवाहित छोरीले समेत अंश पाउने जिल्ला अदालत नवलपुरको फैसला

नवलपुर। जिल्ला अदालत नवलपुरले विवाह भइसकेकी छोरीले समेत दाबी गरेमा अंश पाउने फैसला गरेको छ।

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पैतृक सम्पत्तिको हकदार छोराले मात्रै पाउने हो भनी छोरीलाई अंशबाट वञ्चित गर्नु पितृसत्तात्मक सोच भएको ठहर गरेको छ।

बाग्लुङ जैमनी–९ घर भई  नवलपरासीस्थित कावासोती–४ हसौरा बस्ने गंग बहादुर थापाको छोरी सीमा थापा र ज्योति थापा वादीले हजुरआमा नन्नाकली थापासमेत प्रतिवादी बनाइ दायर गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको हो।

२०७५ सालमा दायर भएको रिटमाथि २०७९ मंसिर २७ गते फैसला गरिएको थियो। त्यसको पूर्णपाठ भने भर्खरै सार्वजनिक भएको छ। 

गंगाबहादुरले भारतमा कान्छी श्रीमती बिहे गरेपछि नेपालमा रहेकी जेठी श्रीमतीले अन्तै बिहे गरेकी थिइन्। जेठीबाट गंगाबहादुरका एक सन्तान रहेका छन्।

केही समयअघि गंगाबहादुर र उनकी श्रीमतीको मृत्यु भएपछि गंगाबहादुरकी आमा नन्नाकलीले सम्पत्तिमा हक लाग्ने अरु कोही नभएको र दुई छोरीहरूको विवाह समेत भइसकेको भन्दै सम्पत्ति आफ्नो नाममा गराएकी थिइन्। उक्त सम्पत्तिलाई सगोलकै सम्पत्ति भन्दै नन्नाकलीको दाबी आफूहरूको भोगाधिकार रहेको थियो।

त्यतिबेला सम्म गंगाबहादुरकी कान्छी श्रीमतीबाट जन्मिएका दुई छोरी सीमा र ज्योति भारतमै थिए। २०७५ सालमाा बुवाको सम्पत्ति खोज्दै उनीहरू नेपाल आए। उनीहरूले बुबाको सम्पत्ति र अंशको हकदार आफूहरू पनि भएको दाबी गरे। तर नन्नाकलीले उनीहरूको विवाह भइसकेकाले सम्पत्ति नपाउने भन्दै सीमा र ज्योतिलाई अंश दिन अस्वीकार गरिन्।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १ : २१ बजे