दलित गाउँका पहिलो शिक्षक

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ११ : ४५ बजे