मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

सरकारले हत्यारालाई आममाफी दिएपछि पिडित परिवार त्रसित

नेपालगन्ज — गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएपछि पिडित परिवार त्रासमा छन् ।

नेपाली काँग्रेसको भात्रृ संगठन तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल अबिर र माला लगाएर गाडीका लावालस्करसहित रिहा हुँदा पीडित परिवार थप त्रसित बनेका हुन्  । 

गुन्डा नाइके रिगलले २०७२ असार २८ मा अपराह्न ३ बजे चेतन मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए ।

पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा  गुन्डा नाइके रिगलसहित ६ सय ७० जनालाई आममाफी दिएसँगै परिवारको चैन उडाएको छ ।

अदालतबाट दोषी ठहर भएका रिगलले पाएका सजाय मध्ये १२ वर्ष अझ काट्न बाँकी हुँदा सरकारले आममाफी दिएसँगै संविधानको धज्जी उडेको छ ।

ढकालले जन्मकैदको सजाय पाएपछि मानन्धर परिवारले न्यायको अनुभूति गरेको थियो तर, कांग्रेससहितको गठबन्धन सरकारले उनलाई रिहा गरेपछि पिडित परिवारको घाउ झन् चर्किएको छ  । हत्यारालाई तोकिएको सजाय पूरा नगरी राजनीतिक शक्तिका आडमा उन्मुक्ति दिएकामा जनस्तरबाटै विरोध भइरहेको छ ।

राजनीतिक दलहरुले  गलत प्रमाणका आधारमा दोषी किटान भएको रहेछ भने सजायबाट छुटकारा दिन राष्ट्रपतिमार्फत ‘आममाफी’ दिने प्रावधान राखिए पनि अहिले ‘आममाफी’ लाई अपराधबाट उन्मुक्ति दिने अस्त्र रुपमा प्रयोग हुनु देशको लागि दुर्भाग्य हो ।

 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : ५८ बजे