बलात्कृत बालिका अर्धनग्न भएर सडकमा हिडेपछि….

मुम्बई । मध्य प्रदेशको उज्जैनमा बलात्कृत बालिका डेढ घन्टासम्म सडकमा हिडेको घटनाले सिंगो भारत स्तब्ध भएको छ ।

बलात्कारमा परेकी ती बालिकाको योनी छेद भए पछि रक्ताम्मे शरिर लिएर दुइ घन्टा सडकमा हिडदा पनि कसैले पनि उनलाई सहयोग नगरेको घटनाले सिंगो भारत स्तब्ध भएको हो । 

भारतीय सञ्चार माध्यमका अनुसार महाकालको सहर उज्जैनबाट दिल्लीको निर्भया जस्तो बलात्कारको घटना बाहिर आएको हो । सो बलात्कारपछि नाबालिगको गोप्य भागमा क्षति पुगेको थियो । उनी साढे दुई घण्टासम्म अर्धनग्न अवस्थामा महाकाल नगरमा घुमिरहेकी थिइन् । कसैले सहयोग पनि गरेनन् । 

दिल्लीको निर्भयाको बलात्कारको घटना झै सो घटनालाई दाँजेर हेरे पछि भारतीय राजनीति गरम भएको छ । कांग्रेस नेता राहुल गान्धीले पनि यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् र राज्य सरकारलाई घेराऊ गरेका छन । उनले मध्य प्रदेशमा १२ वर्षीया बालिकामाथि भएको जघन्य अपराध भारत माताको मुटुमा चोट लागेको टविटरमा लेखेका छन् ।

‘मध्यप्रदेशमा नाबालिग बालिका विरुद्धको अपराध र बलात्कारका घटनाहरु सबैभन्दा धेरै छन् । अपराधीहरू ती अपराधीहरू हुन्, जसले यी अपराधहरू गरे। साथै, राज्यको भाजपा सरकार छ, जो छोरीहरूको रक्षा गर्न असमर्थ छ। न्याय छैन, कानून व्यवस्था छैन र अधिकार छैन । आज मध्यप्रदेशका छोरीहरूको अवस्था देखेर सिंगो देश लज्जित छ। तर प्रदेशका मुख्यमन्त्री र देशका प्रधानमन्त्रीलाई लाज लाग्दैन– चुनावी भाषण, खोक्रो वाचा र झूटा नाराका बीचमा छोरीको चिच्याहटलाई दबाएका छन्’ उनको आरोप छ ।

तर, सो प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रको भनाइ बाहिर आएको छ । उज्जैन घटनाको छानबिन गर्न एसआईटी गठन गरिएको उनले जानकारी दिएका छन । उनका अनुसार एकजना संदिग्धलाई पनि नियन्त्रणमा लिएको छ र छानबिन भइरहेको छ । र, छानबिनका आधारमा कडा कारबाहीसमेत गरिने छ । 

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : ४८ बजे