दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चार केजी सुन बरामद, तीन जना पक्राउ,

दोलखा – दोलखा प्रहरीले बुधवार राति चार केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका स्थित जामुनेबाट चार केजी सुन सहित तीन जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।

उक्त सुन लप्ची नाकाबाट भित्रिएको आशङ्का गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेको तीन जनामध्ये दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको बारे अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेका तीनै जना विगु १ लामाबगर क्षेत्रको रहेको प्रहरीले जनाएको छ ।

चीन सरकारले आइतबार मात्र तिब्बतसँग जोडिएको दोलखाको दुईवटा नाका खुला गरेको थियो । 
सुन भित्रँदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधवार राति आफै सिंगटी पुग्नु भएको थियो । एक÷एक केजीको चार पिस सुन सहित तीन जनालाई सिंगटी प्रहरीले बुधवार रातिनै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । 

पक्राउ गरिएको सुन सिंगटीका स्थानीय सुन व्यवसायीलाई परिक्षण गराइएको र थप परिक्षण सदरमुकाम चरिकोटमा समेत गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । सुन तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरूको  समेत खोजी भई रहेको प्रहरीले जनाएको छ ।

दोलखाको सीमानामा चीनको तिब्बती नाका खुलेको एक साता नबित्दै अवैध सुन बरामद भएको हो। प्रहरीले आज पत्रकार सम्मेलन गरी यस विषयमा थप जानकारी गराउने तयारी गरेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ८ : १२ बजे