मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

पेस्तोलबाट चलेको गोली लागेर असईकी पत्नी गम्भीर घाइते

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमती पेस्तोलबाट चलेको गोली लागेर गम्भीर घाइते भएकी छिन ।

सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीको पेस्तोलबाट चलेको गोली लागेर उनकी पत्नी शर्मिला चौधरी गम्भीर घाइते भएकी हुन् । घाइते भए लगतै उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

 असई चौधरी घरमा नभएका बेला पत्नी शर्मिलाले आफैंलाई गोली हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताएका छन्  ।

यस विषयमा प्रहरी वृत्त, महाराजगञ्ज र जिल्ला प्रहरी परिसर, काठमाडौंले  थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ७ : ५७ बजे