मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

झापाका चार पालिकामा भोलि स्थानीय बिदा

झापा । झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ।  

मुस्लिम समुदायको विशेष पर्व  हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिने जानकारी गराएको हो। 

नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ। 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ५६ बजे