देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ  – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोलामा ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : ०४ बजे