दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेकपा एसका पोलिटब्यूरो सदस्य बलदेव चौधरीविरुद्ध मुद्दा दर्ता

​​​​​​​काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेश इन्चार्ज बलदेव चौधरीविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुखसमेत रहेका चौधरीसहित ४ जना विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

चौधरीसहितको टोलीले ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा अनुचित कार्यगरी मिलेमतोमा बदनियतपूर्वक राजस्व हानिनोक्सानी गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त कार्य गरेको पुष्ठि भएपछि आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

चौधरी २०७४ सालको स्थानीय तह निर्वाचनमा त्रियुगा नगरको मेयरमा निर्वाचित हुनु भएको थियो । २०७८ सालको भदौमा एमालेबाट विभाजन भएर नेकपा एस गठन गरेपछि उहाँ माधव नेपालसँगै एसमा गएर कोशी प्रदेशको अध्यक्ष बन्नुभएको थियो।

यस्तो छ चौधरीविरुद्ध अख्तियारले दायर गरेको आरोपपत्र

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ५ : १४ बजे