मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

नारिता–काठमाडौँ उडानमा सिट खाली भएपछि…

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नारिता–काठमाडौँ उडानमा सिट खाली रहेपनि टिकट काट्नुपर्दा सिट प्याक भएको भन्दै यात्रुले असन्तुष्टि व्यक्त गरेका छन् ।

जापानको नारिता–काठमाडौ को १०ः३० बजेको उडानमा सिट खाली रहेपछि ट्राभलमा टिकट सोध्दा प्याक भएको भन्दै यात्रु श्री गुरुङले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।

उनले सामाजिक सञ्जालमा विमानको सिट खाली रहेको तस्बिर राख्दै लेखेका छन् – ‘सत्य बोल्छु तथ्य लेख्छु “ २५ सेक्टेम्बर २०२३ सोमबारः नारिता–काठमाडौँ १०ः३० बजेको उडान, यो खबर नेपाल सरकारलाईः सिट खाली छ तर ट्राभलमा टिकट सोधे प्याक, गरिब माथि गरिब बनाउने भयो मेरो देश नेपाललाई – श्री पशुपति नाथले हामी सबैको कल्याण गरोस ।’

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ४ : ४६ बजे