मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

डाक्टर कुट्ने इन्स्पेन्टर श्रेष्ठको सरुवा

कास्की । निलम्बन सिफारिसमा परेका जिल्ला प्रहरी कार्यालय कास्कीका  प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशी  र प्रहरी निरीक्षक (इन्स्पेन्टर) मदन श्रेष्ठको सरुवा भएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीकाे प्रहरी प्रधान कार्यालमा र इन्स्पेन्टर श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा सरुवा भएको कास्कीका प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए।

थापा भन्छन्,  'श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा र प्रहरी नायब उपरीक्षक जोशीको प्रहरी प्रधान कार्यालमा सरुवा भएको छ। आन्दोलनरत चिकित्सकलाई कुटे भनी अभिव्यक्ति दिएको कारण श्रेष्ठको सरुवा भएको हुनसक्छ। तर जोशीको सरुवाको कारण थाहा छैन्।' 

इन्स्पेन्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो।

चिकित्सकमाथि हातपात भएको भन्दै अहिले चिकित्सकहरु आन्दोलित छन् । चिकित्सकहरुले आफूहरुको मनोबल गिरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : ३६ बजे