थाइल्यान्डमा राजाको आलाेचना गर्दा चारवर्ष जेल सजाय

थाइल्यान्ड। थाई राजसंस्थाको आलाेचना गरेपछि चर्चित मानवअधिकारकर्मी आनोन नाम्पालाई राजाको अपमान गरेको अभियोगमा चार वर्ष जेल सजाय सुनाइएको छ।

उनीमाथि थाई राजा महा वाचिरालोङ्कोर्नको भूमिकाबारे सार्वजनिक बहस हुनुपर्ने माग गरेको आरोप छ।

सन् २०२० मा एक प्रदर्शनको क्रममा नाम्पाले गरेको एउटा टिप्पणीविरूद्ध परेको मुद्दामा बैंककको अदालतले दोषी ठहर गरेको बीबीसीले जनाएको छ।

राजतन्त्रको आलोचना गर्न नपाइने विवादित कानुनले थाइल्यान्डमा राजतन्त्रको अपमान गर्नेमाथि कडा जेल सजाय हुनसक्छ।

सन् २०१४ मा कूमार्फत् सेना शक्तिमा आएयता कडा कानुनको प्रयोग व्यापक गरिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : २८ बजे