मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

एमसीसीकी सीईओ नेपाल आउँदै

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलीस पी. अलब्राइट नेपाल आउने भएकी छिन् ।

अलब्राइट यही असोज १४ गते नेपाल आउने भएकी हुन् । उनी पाँचदिन नेपालमा रहनेछिन् ।  नेपालमा गत भदौ १३ बाट एमसीसी औपचारिक कार्यान्वयनमा गएको थियो ।

अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरुको बारेमा ब्रिफिङ लिने तथा एमसीसी परियोजनाको केही फिल्ड अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद लगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यतालिका पनि रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : ५४ बजे