मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

अछामका स्वास्थ्यकर्मी पनि आन्दोलनमा उत्रिए

अछाम । देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा यहाँ पनि विरोध गरिएको छ । जिल्ला अस्पताल अछाममा कार्यरत स्वास्थ्यकर्मीहरुले विरोधस्वरुप आज प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्नुभयो ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय भएको भन्दै उहाँहरुले आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर रविकुमार यादवले माग पूरा नभएसम्म आकस्मिकबाहेकका सबै सवा ठप्प रहने बताउनुभयो ।  

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : २८ बजे