काठमाडौँ । राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध भएको छ ।
आन्दोलनलाई निरन्तरता दिँनेक्रममा सडक अवरुद्ध भएसंगै प्रहरीसँग शिक्षकहरूको मुटभेट भएको छ ।
आफ्नो माग हरू चाँडो पुरा गर भन्दै उनीहरूले नारा लगाएका छन् ।
सरकार र शिक्षक महासङ्घबिच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संशोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।
शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।
प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १२ : ४० बजे
प्रतिक्रिया