दलित गाउँका पहिलो शिक्षक

खाेटाङमा गाेरूकाटेर सामुहिक भाेज खाने थप तीनजना पक्राउ

खोटाङ । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले चार जना स्थानीयलाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक भोज खाएको आरोपमा सोही स्थानका २१ वर्षीय डिकमान तामाङ, ४० वर्षीय तेजबहादुर तामाङ र ३५ वर्षीय गोपाल तामाङ तथा रावाबेँसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

बादल गुरुङ लगायतका स्थानीयले गोरु काटेर सामुहिक भोज खाएको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि गुरुङसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले जानकारी दिए । प्रहरी चौकी जालपाबाट खटिएर गएका टोलीले नियन्त्रणमा लिएका गुरुङसहित चारै जनालाई दिक्तेलस्थित प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ । भर्खरै नियन्त्रणमा लिइएकाले घटनाको बारेमा केही खुल्न नसकेकाे उनले बताए । अनुसन्धानमा गोरु काटेर सामुहिक भोज खाएको पुष्टि भएको खण्डमा कानून बमोजिम कारबाही हुने उनकाे भनाइ छ ।

याे  समूहले सोमबार मसानेडाँडामा गोरु काटेर सामुहिक भोज खाएको भिडियो र तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको थियो । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १२ : ०६ बजे