मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

मानवसेवा आश्रमका लागि बेलायतबाट १ करोड बढी सहयोग

लन्डन । मानवता प्रवद्र्धनको लक्ष्य राखी मानवसेवा आश्रमले सेप्टेम्बर ६ तारिकबाट सुभारम्भ गरेको बेलायत यात्रा सार्थक बनेको छ ।

यस यात्राको क्रममा मातृत्व र मातृभूमिको सम्मानमा बेलायतको ५ स्थानमा आमा सेमिनार प्रस्तुत भएको छ । बेलायतबासी नेपाली मनहरुमा माता पिता, मातृभूमि, शिक्षा दिने गुरुजनको गरिमा र महत्व बोध गराउन सेमिनार सफल भएको हाे ।

 सुरुवातमा पेट मिचिमिचि हसाउँदै अन्तमा सबैलाई भावुक बनाउनु कार्यक्रमको विशेषता नै बन्यो । आमा कार्यक्रममा सहभागी भएर भावुक नहुने र नरुने सहभागी विरलै होलान्, मानवसेवा आश्रम यूके च्यापटर संयोजक सुनिल बाबु खड्का बताए ।

कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गरेका थिए, उनलाइ संस्थाका महासचिव शुशिला केसी (रुपा) र सचिव सुमन बर्तौलाले सघाएका थिए । महत्वपूर्ण लक्ष्य र अद्भूत प्रतिवद्धता लिएको मानवसेवा आश्रम सेवा र प्रेरणाको संगम रहेको बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले बताए ।

अल्डरसटमा आयोजना भएको आमा सेमिनारमा सहभागी भइसकेपछि राजदूत आचार्यले यस्तो बताएका हुन । उक्त कार्यक्रममा २०० बढी बेलायतबासी नेपालीहरुको सहभागीता रहेको थियो । 

१ करोड बढी सहयोग संकलन 

२०८२ सालभित्र नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य पुरा गर्न बेलायतबासी नेपाली मनहरुको साथ, सहयोग र सद्भाव जुटाउने योजना सहित आयोजना भएको कार्यक्रममा मानवसेवा आश्रमको सेवा सहजताको एक थान एम्बुलेन्स सहित १ करोड बढी सहयोग संकलन भएको छ ।

चितवन स्थाई घर भई क्रोनवाल यूके निवासी हेमकान्त सेढाई र सीता शर्माले एक थान एम्बुलेन्स सहयोगको घोषणा गर्नुभएको हो ।  जसमध्ये मानवसेवा आश्रमको नेपालको विभिन्न स्थानमा निर्माण भइरहेको भवनको एक कोठा निर्माण सहयोगका लागि ९ जना उदारमनाहरुले रु. ५,११,१११ का दरले सहयोग गरेका छन् । यसरी ५,११,१११ सहयोग गर्नेहरुमा मानवताप्रेमी १) राजु आचार्य, २) उत्सव विष्ट र खिमलाल खरेल, ३) चन्द्र अर्याल र राधा अर्याल, ४) दीपक ढकाल, ५) अमृत सेढाईं, ६) खिम खत्री, ७) विक्रम भट्टराई र पवित्रा भट्टराई, ८) सुरेश केसी र ९) दयानिधि सापकोटा रहेका छन ।

यस्तै १४ जनाले रु १,११,१११ रुपैया योगदान गरी मानवसेवा आश्रमको आजीवन बार्षिक भोजनसेवा सदस्यता ग्रहण गरेका छन् । यसरी १ लाख ११ हजार १ सय ११ योगदान गर्नेहरुमा समाजसेवी १) बच्चु कैलाश कैनी, २) उत्सव विष्ट र खिमलाल खरेल, ३) रामकृष्ण अर्यालय, ४) लभ गौतम, ५) प्रकाश कंडेल, ६) प्रकाश श्रेष्ठ ७) सूर्य हमाल, ८)  लाल शिवयोगी, ९) अप्सरा श्रेष्ठ, १०) क्याट यूके ११) रविन्द्र शर्मा, १३) प्रकाश चन्द्र भण्डारी र कोपिला खड्का भण्डारी १४) गोकुल खरेल र १३) गोप्यदानलगायत छन् ।

यस्तै १) तुलसी फूयाल, २) सागर भट्टराई, ३) उत्वस विष्ट र खिमलाल खरेलले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक बालबालिकाको पालनपोषण र शिक्षा दिक्षाको लागि मासिक ८ हजार रुपैया र राजु आचार्यले दुई आमाबुबाको पालनपोषणको लागि मासिक प्रतिव्यक्ति ५ हजार रुपैया योगदान गर्नेगरी बेसहाराको अभिभावकत्व ग्रहण गरेका छन ।

मानवसेवा आश्रम सहयोगार्थ मासिक १० पाउण्ड योगदान अभियान अन्तर्गत ४० जनाले सदस्यता लिएका छन् । यो संख्या ३६५ जना पु¥याई कम्तिमा नेपालमा सञ्चालनमा रहेका एक सेवा केन्द्रको मासिक खर्च बेलायतबासी उदारमनाहरुबाट जुटाउने आश्रमका अभिभावक अमृत सेढाईले बताए । केही मानवताप्रेमी मनहरुले आफ्नो परिचय नखुलाई गोप्यदान समेत गरेका छन ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ५७ बजे