दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतीय युवकको गोली हानी हत्या

काठमाडौँ – एक भारतीय युवकको बारा जिल्लामा  गोली हानी हत्या गरिएको छ।

भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय  अजितकुमार सिंहको पचरौता नगरपालिका ६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक मंगलवार बेलुकी सवा ६ बजे उनकोगोली प्रहार गरी हत्या गरिएको हो। गोली हानेको ठाउँ नेपाल भारत सीमाभन्दा करिब सात सय मिटर भित्र रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अनटेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका मृतक सिंहसंगै उनका साथीहरु मोतिहारी जिल्ला, दर्पा थाना १ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाञ्डे, २२ वर्षीय मनिष कुमार सहनी र २० वर्षीय कामेश्वर सहनी नेपाल आएका थिए।

मृतक सिंहलाई लक्ष्मिनिया पोखरी नजिक उनकै पछाडि बसेका सुजितले पछाडिबाट गोली प्रहार गरेर सोही मोटरसाइकल चढेर फरार भएका थिए।

घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षम न्यौपानेले बताए।

मृतक अजितको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको छ । 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ०५ बजे