मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

सल्यानका स्थानीय तहका कर्मचारीद्धारा हातमा कालोपट्टी बाधेर धर्ना

सल्यान । सल्यानमा स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाधेर कार्यालयमा धर्ना दिएका छन् । आफूहरुको माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब दिँदै आज (मंगलबार) जिल्लाका दश वटै स्थानीय तहका कर्मचारीले हातमा कालोपट्टी बाधेर २  घण्टा धर्ना दिएका हुन । आन्दोलनरत कर्मचारीहरूले मंगलबार १० देखि १२ बजेसम्म दुई घण्टा हातमा कालो पट्टी बाँधेर पालिकाको कार्यालयमा धर्ना दिएका छन् । 

संघ, प्रदेश तथा स्थानीय तह गरी तीनै तहका कर्मचारीलाई समावेश गरिनुपर्ने, सेवा सुविधा समान गर्ने, सबै तहमा सरुवा हुनुपर्ने, प्रदेशबाट संघमा जान नपाउने प्रावधान खारेज गर्नुपर्ने, स्वास्थ्य सेवा समान हुनुपर्ने, बढुवा समान, अन्तर प्रदेश सरुवा, स्थानीय तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुन पाउनुपर्ने, तालिममा विभेद गर्न नपाउने लगायत माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्  ।

आफ्ना मागहरुको सम्बोधन नभए चरणबद्ध रुपमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे ’पेन डाउन’ गर्ने स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक हरिभक्त भण्डारीले बताउनु भयो । उहाँका अनुसार दुई घण्टा धर्ना दिएका कर्मचारी अहिले हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाजमा फर्किए पनि आन्दोलन जारी रहेको भण्डारीले बताउनु भयो । केही दिनसम्म लगातार हातमा कालोपट्टी बाँधेर काम गर्ने र ‘सरकारले माग सम्बोधन नगरे पेन डाउन गरी कार्यालयको कामकाज ठप्प पर्ने चेतावनी दिनुभयो ।

 जिल्लामा गरेको आन्दोलन तथा धर्नालाई सम्बन्धित निकायले बेवास्ता गरे सबै स्थानीय तहका कर्मचारी काठमाडौंमा संचालन हुन थालेको आन्दोलनमा सहभागी हुने बताउनु भयो । 
सबै नेपाल सरकारका कर्मचारी भएपनि संघीय निजामती ऐनले विभेद छुट्याउने प्रयास गरेकाले मान्य नहुने कपुरकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार आचार्यले बताउनु भयो । संघीय निजामती ऐनले आफूहरुलाई छुट्याएकै कारण आन्दोलन तथा धर्ना गर्नु परेको बताउनु भयो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ०९ बजे