मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

महायज्ञ स्थल वरपर सरसफाई सम्पन्न

भक्तपुर – भक्तपुरको ताथलीमा हुने १७ दिने श्रीमद् भागवत महायज्ञ स्थल वरपरको क्षेत्रमा सरसफाईको कार्य सम्पन्न भएको छ ।

मंगलबार चाँगुनारायण नगरपालिका- ९ ताथलीस्थित जेष्ठ नागरिक आश्रम जाने बाटो र महायज्ञ स्थल वरपरको क्षेत्रमा  सरसफाईको कार्य सम्पन्न गरेको हो ।

ताथलीस्थित जेष्ठ नागरिक आश्रमको सहयोगार्थका लागि असोज ११ गतेदेखि सञ्चालन हुने महायज्ञ र महायज्ञको पहिलो दिन आश्विन ११ गते १००८ शान्ति कलश यात्राका निम्ति उक्त क्षेत्रमा सरसफाई गरिएको थियो ।

आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं चर्चित श्रीमद भागवत वाचक बालयोगेश्वर विजयमूर्ति महाराजको समेत उपस्थितिमा उक्त सरसफाई भएको थियो । 

महायज्ञमा पाँच लाख भक्तजनको उपस्थिति रहने र पाँच करोड रूपैयाँ संकलन हुने अनुमान गरिएको छ । महायज्ञमा सर्वसाधारणको सहज आवागमनका लागि भक्तपुरको च्याम्हसिंहबाट र काभ्रेको नालाबाट निःशुल्क बस सेवा सञ्चालन गरिने छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : १६ बजे