दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना पक्राउ

खोटाङ।  जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङ पक्राउ परेका हुन्। 

बादल गुरुङ लगायत स्थानीयले गोरु काटेर सामूहिक भोज खाएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले बताए। बरालका अनुसार गुरुङलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : १५ बजे