दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गैरीगाउँ हत्याकाण्डका अभियुक्तकाे बयान – काठमाडौं,ललितपुर र सिन्धुपाल्चोकमा पनि मान्छे मारेको छु

काठमाडौं । काठमाडौंको गैरी गाउँमा ४ जनाको ज्यान लिएका सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीले आफूले काठमाडौं, ललितपुर र सिन्धुपाल्चोकमा पनि मान्छे मारेको बताएका छन् ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनले आफूले थुप्रै मान्छे मारेको बताएका छन् ।

जन्मजात बोल्न नसक्ने ती आरोपीलाई प्रहरीले बहिरा सङ्घका अधिकारी र दोभासे अगाडि राखेर सोधपुछ गरिरहेको छ । 

‘एग्रेसिभ’ स्वभावका आरोपी भण्डारीले हिरासतमा प्रहरीलाई पनि दिक्क बनाउने गरेको अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् । उनले प्रहरीसँग खानासँग मासु मागेर दिक्क लगाउनेसमेत गरेको उनीहरू बताउँछन् । 

आफू बाहिर रहँदा सधैँ मासु खाने गरेको भन्दै उनले प्रहरीसँग मासु मागेर दिक्क बनाउने गरेका हुन् । बोल्न र सुन्न नसक्ने उनी साङ्केतिक भाषाको प्रयोग गरेर प्रहरीसँग कुराकानी गर्छन् ।

उनी प्रहरीहरूसँग आक्रामकसमेत हुने गरेका छन् । उनी अदालतमा बयानका क्रममासमेत न्यायाधिससँग आक्रामक रूपमा प्रस्तुत भएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीशले उनीसँग ३० मिनेटभन्दा बढी समय लगाएर दोभासेको माध्यमबाट सोधपुछ गरेका थिए ।

‘तिमीले हत्या भएका व्यक्तिलाई चिन्छौ ?,’ भनेर प्रश्न गर्दा ‘मैले सबैलाई चिन्छु, तपाईँलाई पनि अब चिन्छु,’ भनेर जवाफ फर्काएका थिए ।

अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘बोल्न नसक्ने भए पनि युवक निकै चलाख देखिन्छन्। अनेक कुराहरू गरेर अलमलमा पारिरहेका छन्।‘ 

प्रहरीले सन्जयले मान्छे मारेको भनेका ठाउँमा प्रहरीले बुझेको पनि थियो। स्वयं उनलाई पनि ती घटनास्थलमा पुर्‍याएको थियो ।

काठमाडौंको रातोपुल र बालुवाटार क्षेत्रमा आफूले दुई जनाको हत्या गरेको सन्जयले सोधपुछका क्रममा बताएका थिए । अनुसन्धानका क्रममा ती ठाउँमा मानिस केही समय पहिला मृत भेटिएको पनि पाइएको छ । सन्जयले केहीलाई मारेर गाडेको पनि बताएका छन् । ‘पत्याउनु हुन्न भने ती ठाउँमा खनेर हेर्नुस्’, सन्जयले प्रहरीलाई भन्ने गरेका छन् ।

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ५१ बजे