मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

हेटौंडामा खोलाले बगाएर १० वर्षीय बालकको मृत्यु

मकवानपुर ।  हेटौंडामा खोलाले बगाएर १० वर्षिय बालकको मृत्यु भएको छ । हेटौंडा–१ स्थित तरकारी मन्डी नजिकबाट राप्तीखोलाले बगाउँदा हेटौंडाका एक बालकको मृत्यु भएको हो । 

मंगलबार (आज) दिउँसो नुहाउने क्रममा राप्तीखोलाले बगाउँदा हेटौंडा–४ भैरवरोडका १० वर्षीय संसाद अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक बालकका बुबा फिरज अन्सारीसहित परिवार नै खोलामा नुहाउन गएको बेला उनलाई बगाएको हो ।

नुहाउने क्रममा खोलाले बगाएको बालक करीब ५ सय मिटर तल राप्ती पुल नजिक बेहोस अबस्थामा फेला परेका थिए । उनलाई उद्धार गरि उपचारको लागि हेटौडा हस्पिटल पु¥याईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव हेटौंडा अस्पतालमै रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : १९ बजे