दलित गाउँका पहिलो शिक्षक

सुन प्रकरण संलग्न प्रतिवादीको बयान सकियो, भोलिदेखि थुनछेक

काठमाडौँ । हङकङबाट मोटरसाइकलको ब्रेकसोमा लुकाइ ल्याइएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको हो । जिल्ला अदालत काठमाडौँमा अब भोलीदेखि थुनछेक बहस हुनेछ ।

चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् ।

तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ४ : ३१ बजे