सुनको मूल्यमा नयाँ कीर्तिमान

मालीले फलाए संसारको सबैभन्दा ठूलो काँक्रो

​​​​​​​एजेन्सी । संसारमा यस्ता धेरै प्रतिभाशाली व्यक्तिहरू छन्, जसले कहिलेकाहीँ आफ्नो अद्भुत उपलब्धिले मानिसहरूलाई चकित पार्छन् । हालै यस्तै एक व्यक्तिको एउटा अचम्मको काम आजकल सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

वास्तवमा, एक मालीले संसारको सबैभन्दा ठूलो काँक्रो उब्जाएका छन् । द सनको रिपोर्टका अनुसार आफ्नो दोस्रो कीर्तिमान तोडेर मानिसहरूलाई चकित पार्ने यस मालीको नाम भिन्स सजोडिन रहेको बताइएको छ ।

२ वर्ष पहिले भिन्स सजोडिनले विश्वको सबैभन्दा ठूलो फर्सि उब्जाएका थिए, जसको तौल ११६.४ किलोग्राम थियो । वास्तवमा, यो उपलब्धिको लागि भिन्सले गिनिज वल्र्ड रेकर्डको उपाधि जितेका थिए । यसो गरेर उनले डेभिड थोमसले २०१५ मा बनाएको विश्व कीर्तिमान तोडेका छन् ।

यो काँक्रो मे महिनामा रोपेको बीउबाट उत्पादन भएको बताइन्छ जसलाई हरेक दिन तरल पदार्थ दिइन्थ्यो । यही कारणले पात र फलहरू बढ्न मद्दत गर्यो । भिन्सले युके नेशनल जायन्ट वेजिटेबल च्याम्पियनसिपमा सबैका अगाडि ‘माल्वरन अटम शो’ काँक्रो ल्याएका थिए ।

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : ५७ बजे