काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरका मेयरको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईशान श्रेष्ठ ‘ ईः’ लाई भेट्नुभएकाे छ । आज उपमेयर डंगोलले विगत १६५ घण्टादेखि प्रदर्शन गरिरहेका ईः लाई भेट्नुभएको हो ।
‘उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीहरूका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो,’ अभियन्ता ‘ ईः’ ले भन्नुभयो ।
काठमाडौँ महानगरका मेयर बालेन शाहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहनुभएको छ ।
हिजो वार्ताको विषयमा मेयर शाह र ईःबीचमा विवाद देखिएको थियो ।
प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार १० : ५५ बजे
प्रतिक्रिया