सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल जापानसँग ८–० गोलले पराजित

काठमाडौँ । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोलीले फराकिलो हार ब्यहोरेको छ । बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज सोमबार भएको समूह ‘डी’ को खेलमा नेपाल जापानसँग ८–० गोलले पराजित भएको हो ।

यो नतिजासँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो हाफमा ५ गोल गरेको जापानको दोस्रो हाफमा ३ गोल थप्यो । जापानका लागि ओसावा हरुकाले २ तथा शिओकोशी युजुहो, यामामोतो युजुकी, युइनो मामी, वाकिसाका रेना, साकाकिबारा कोटोनो र हिजिकाता मायाले १/१ गोल गरिन् ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा बिहीबार बङ्गलादेशसँग खेल्नेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले स्तब्ध बनेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ५६ बजे