मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

बस दुर्घटना हुँदा २५ भन्दा बढी यात्रु घाइते

दाङ । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका-९ शिवखोलामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको यात्रुबाहक बस आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा २५ जना भन्दा बढी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । बसमा ४५ जना यात्रु सवार थिए ।

घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : २३ बजे