दलित गाउँका पहिलो शिक्षक

पूर्व पर्यटनमन्त्रीले भ्रष्टाचार गरेको अदालतको ठहर

काठमाडौं, ८ असोज । पूर्वमन्त्री रामकुमार श्रेष्ठले भ्रष्टाचार गरेको ठहर भएको छ ।

विशेष अदालतले श्रेष्ठलाई गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर गरेको हो । अदालतले श्रेष्ठसहित तीनजनाालई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरु यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको हो ।

उनीविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। श्रेष्ठ खिलराज रेग्मीको सरकारमा पर्यटनमन्त्री थिए।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : २० बजे