मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

जनकपुरधाममा राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गर्नुभएकाे छ । 

जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आउनुभएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा नागरिक अभिनन्दन गरिएको छ ।

राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ । राष्ट्रपति पौडेललाई भगवान रामसंग तुलना गर्दै अभिनन्दन पत्रमा भनिएको छ, ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईंको आगमनले जनकपुरबासीलाई हर्ष विभोर भएका छन् ।’

यस्तै, संविधानमा हरेक नेपाली नागरिकलाई नागरिकता दिने अधिकार उल्लेख भएपनि कानून निर्माणको अभावमा लाखौं नेपाली नागरिकताबाट बञ्चित रहेको अबस्थामा राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणिकरण गरी ठूलो समस्या समाधान गरेकोमा पनि उहाँको प्रशंसा गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ३४ बजे