दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

कैलाली । बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका बस्ने २८ वर्षीया एक महिलालाई आइतबार दिउँसो बलात्कार गरेको आरोपमा प्रहरीले ती बालकलाई पक्राउ गरेको हो ।

शारीरिक रूपमा असक्त महिलालाई घरमा कोही नभएको अवस्थामा बलात्कार गरेको र महिलाको आमाले देखेपछि फरार भएका बालकलाई खोजी गर्दै जाँदा पक्राउ गरेको बझाङ प्रहरीले बताएको छ ।

अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी भरत शाहले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १० : ३६ बजे