काठमाडौँ – सल्यानमा जिप दुर्घटनामा भएको छ । आज बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा१च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरामा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृतक दुबै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यान प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार ८ : ४३ बजे
प्रतिक्रिया