दलित गाउँका पहिलो शिक्षक

प्रचण्डविरुद्धको अवहेलना मुद्दाको बहस सकियो, फैसला १८ मंसिरमा आउने

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ सकिएको छ । 

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ गरेको हो । सुनुवाइ सकिए पनि फैसला भने १८ मंसिरमा सुनाइने छ । 

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए । 

शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा अदालतले फौजदारी कसुरमा फैसला तथा सदर गरेको भन्दै प्रचण्डले अदालतको आदेश र फैसला नमान्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

सो मुद्दामा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्माका अनुसार मुद्दाको फैसला १८ मंसिरमा आउनेछ । जसका लागि निसु तोकिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ५ : १३ बजे