सुनको मूल्यमा नयाँ कीर्तिमान

सन्दीप लामिछाने भोलि चीन जाँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने भोलि चीन जाने भएका छन् ।

 १९औं एसियन गेम्सका लागि सोमबार एक्लै चीन जाने भएका हुन् । सन्दीप बाहेकको टीम भने आज चीन प्रस्थान गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा सन्दीपविरूद्वको मुद्दाको पेशी आज तोकिएकाले उनी टीमसँग जान नपाएका हुन् । आजको सुनुवाई पनि स्थगित भएपछि उनी भोलि चीन जाने पक्का भएको हो ।

एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दैछ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  १ : २४ बजे