दलित गाउँका पहिलो शिक्षक

नेपाली सेनामा प्रवेश गरेका माओवादी लडाकुलाई विशेष लाभ, सेनाभित्र चर्को असन्तुष्टि

काठमाडौं – ​​​​​​​माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीले नियमविपरीत दोस्रोपटक राजनीतिक जोडबलमा विशेष लाभ पाएसँगै नेपाली सेनामा असन्तुष्टि देखिएको छ ।

नेपाली सेनामा सहायक रथीको विशेष पदमा कार्यरत यमबहादुर अधिकारी माओवादी लडाकुबाट नेपाली सेनामा प्रवेश गरेकामा माओवादीका पूर्व सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला प्रचलित अभ्यासविपरीत उनको पद थप तीन वर्षका लागि थप्ने निर्णय गरेसँगै सेनामा असन्तुष्टि देखिएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत् , ‘नेपाली सेनामा सहायक रथीको विशेष पदमा कार्यरत सहायक रथी यमबहादुर अधिकारीको पहिलो चार वर्षे पदावधि समाप्त हुने मिति २०८० भाद्र ३१ गतेबाटै लागू हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी दोस्राे पटक तीन वर्षको पदावधि थप भएको' भन्दै जानकारी दिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहाल, रक्षामन्त्री खड्का र प्रधानसेनापति प्रभुराम शर्माको मिलोमतोमा उक्त निर्णय गरिएको थियो । नेपाली सेनामा समायोजन गर्ने उदेश्यले तत्कालीन माओवादी लडाकुका १ हजार ४ सय २० जनालाई सेनामा ल्याइएको थियो। जस मध्ये अधिकारी सबैभन्दा माथिल्लो पदमा समायोजन भएका लडाकु हुन् ।

अधिकारीलाई नियमित रूपमा विशेष लाभ दिनुका पछाडि कानुनी खोट र राजनीतिक दुराशाय देखिएको एकजना अवकाशप्राप्त उपरथीले बताएका छन् । आफ्नो पूर्व लडाकुलाई सेनाप्रमुखको दावेदारको रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री दाहालले यो हत्कण्डा अपनाएको उनले बताए ।

यस विषयमा प्रधानसेनापतिले समेत सहायक रथी अधिकारीको सेवा विस्तारबारे वरिष्ठ सैनिक अधिकारी (पिएसओ)समक्ष परामर्स नगरेको बुझिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ३ : २८ बजे