‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नयाँ वर्ष

-पूर्णचन्द्र भुसाल

तिम्रो आगमन साम्प्रदायिक सद्भावको संवास बनोस् 

तिम्रो सन्देश सत्मार्ग र सुकर्मको दीपज्योति बनोस् 

तिम्रो अल्पायू वर्ष गाँठमा शान्ति रत्याउन पाइयोस्

तिम्रो लिस्नोको कापकापमा सम्मृद्धि चुम्न पाइयोस् 

 

तिम्रो अनमोल कोमल पाईला भाइचाराको सेतु बनोस्

तिम्रो हार्दिक आलिंगन स्तुतीयोग्य क्षण बन्न सकोस्

तिम्रो शितली छायाँ विश्वास र सम्मानको यूग बनोस्

तिम्रो न्यानो मातृत्व अविष्मरणीय दर्पण बन्न सकोस्

 

तिम्रो मनकान्छे प्रकाश छर्ने रश्मीराज बन्न सकोस्

तिम्रो अनुग्रह ईमान र स्वाभिमानको प्रतिक बनोस्

तिम्रो परमादेश लोभ आहारिस मार्ने ओखती बनोस्

तिम्रो परिधावन भोक रोग शोक नास्ने बुटी बनोस्

 

त्यसैले आशक्त नयाँ वर्ष २०७८ को पावन अवसरमा

परिवार, नालनाता, इष्टमित्र, छिमेकी र शुभेच्छुकमा

टक्र्याउँछु मनैदेखि हार्दिक हार्दिक न्यानो अभिवादन

सुस्वास्थ्य दिर्घायू र प्रगतिको मंगलमय शुभकामना

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १२ : ३४ बजे