सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द पुन निर्विरोध निर्वाचित भएका छन् ।

चन्दको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनको विरुद्धमा बर्दियाका विनयराज भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका थिए तर उनले मनोनयन दर्ता नगरेपछि क्याको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।

मनोनयनका लागि बिहान पौने ११ बजेसम्मको लागि समय दिइएको थियो ।

यसैगरी, क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा भने नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिएका छन् । खड्काले चतुरको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ११ : २१ बजे