दलित गाउँका पहिलो शिक्षक

हिरासतमा मासु मागेर दिक्क बनाए गैरीगाउँ हत्याकाण्डका अभियुक्तले

काठमाडौं । काठमाडौंको गैरीगाउँमा ४ जनाको ज्यान लिएका सिन्धुपाल्चोकका २३ वर्षीय सञ्जय भण्डारीले प्रहरीलाई दिक्क बनाएका छन् ।

हिरासतमा पुगेको केही दिनमा नै उनीदेखि प्रहरी दिक्क भइसकेका छन् । उनले प्रहरीसँग खानासँग मासु मागेर दिक्क लगाउने गरेका छन् ।

आफू बाहिर रहँदा सधैँ मासु खाने गरेको भन्दै उनले प्रहरीसँग मासु मागेर दिक्क बनाउने गरेका हुन् । बोल्न र सुन्न नसक्ने उनी साँकेतिक भाषाको प्रयोग गरेर प्रहरीसँग कुराकानी गर्छन ।

उनी प्रहरीहरूसँग आक्रामकसमेत हुने गरेका छन् । उनी अदालतमा बयानका क्रममासमेत न्यायाधिससँगसमेत आक्रामक रूपमा प्रस्तुत भएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीशले उनीसँग ३० मिनेटभन्दा बढी समय लगाएर दोभाषेको माध्यमबाट सोधपुछ गरेका थिए ।

‘तिमीले हत्या भएका व्यक्तिलाई चिन्छौ ?,’ भनेर प्रश्न गर्दा ‘मैले सबैलाई चिन्छु, तपाईंलाई पनि अब चिन्छु,’ भनेर जवाफ फर्काएका थिए ।

उनले दोलखाको कालिञ्चोक गाउँपालिका– ८ का ५६ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, ७६ वर्षीया आमा सुभद्रा भुजेल तथा धनकुटाका १९ वर्षीय नविन भन्ने विशाल राईको खुकुरी प्रहार प्रहार गरी हत्या गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : ४७ बजे