विद्यालयमा ताला,माइतीघरमा हाजिर

काठमाडौँ । प्रस्तावित शिक्षा विधेयको विरोधमा माइतीघर मण्डलामा जम्मा भएका देशभरका शिक्षकहरूले सडकमै हाजिर गरेका छन् । 

शिक्षक महासङ्घका प्रतिनिधिहरुले सरकारसँग निरन्तर छलफल गरे पनि छलफलकाे टुङ्गो नलागेपछि आन्दोलनमा रहेका शिक्षकहरूले सडकमै हाजिर गरेका हुन् । 

शिक्षकहरूको आन्दोलनमा आएको पहिलो दिनदेखि नै सडकमै हाजिर गर्दै आएका थिए । शिक्षक आन्दोलनको आज तेस्रो दिन पनि उनीहरूले सडकमै हाजिर गरे । विद्यालय बन्द गरेर काठमाडौँ आएका उनीहरू हाजिर गर्न हतास देखिन्थे ।

‘हाजिर कहाँ भइरहेको छ ?,’ माइतीघरमा एक शिक्षक हतार हतार हाजिर सोधिरहेका थिए । ‘त्यहाँ पर हाजिर भइरहेको छ,’ अर्का शिक्षकले जवाफ फर्काए । उनले हतार हतार हाजिर चलिरहेको ठाउँमा गएर हाजिर गरे । 

शिक्षकको आन्दोलनका कारण विद्यालय बन्द भएको छ । सडकमा हाजिर गरिरहेका शिक्षकहरू विद्यार्थीको पढाइ दसैँलगायत अन्य बिदामा पढाएर भए पनि पूर्ति गर्ने बताउँदै आएका छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : ५६ बजे