‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द

काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन्।

विद्यालय शिक्षा विधेयककाे विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वर सडकमा  आन्दोलनका कारण विद्यालय बन्द भएको महानगरले जनाएको छ। बन्द भएको विद्यालयमा विद्यार्थी आए पनि फर्किनु परेको थियो।

विद्यालयको अनुगमन गर्न नगर प्रहरी आफैं खटिएको थियो । ‘हामी अनुगमन गर्न जाँदा सबै विद्यालय बन्द भेटिएका छौं, विद्यालय बन्द भएको टिप्पणी उठाएर महानगरपालिकाको शिक्षा विभागमा हामीले पठाउँछौं,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताउनुभयो ।

महानगरपालिकाको शिक्षा विभागले बन्द भएको विद्यालयका शिक्षकहरुको विषयमा प्रतिवदेन तयार गरेको आवश्यक कारबाहीको लागि कार्यपालिकामा पेश गर्ने तयारी गरेको छ।

काठमाडौं महानगरपालिकामा ८९ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । काठमाडौं महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने विहीबार चेतावनी दिएको थियो ।

तर काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो । सोही आह्वान अनुसार आज काठमाडौंका शिक्षकहरु आन्दोलनमा गएका हुन् ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  २ : ४६ बजे