दलित गाउँका पहिलो शिक्षक

पुराना लेनदेनका कागजपत्र ११ माघभित्र स्थानीय तहबाट प्रमाणित गर्नुपर्ने

काठमाडौं । लेनदेनसम्बन्धी तमसुक र लिखतहरु ११ भित्र स्थानीय तहबाट प्रमाणीकरण गर्नुपर्ने भएको छ । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरेको थियो ।

१२ साउन २०८० मा उक्त ऐन संशोधन प्रमाणीकरण भएकाले लेनदेनसम्बन्धी तमसुक र लिखत स्थानीय तहबाट प्रमाणीकरण गर्न ६ महिनाको समय अर्थात् आगामी ११ माघसम्मको समय दिएको हो ।

मुलुकी देवानी कार्यविधि संहिताको दफा ३६ मा (३) मा ५० हजार रुपैयाँ भन्दा बढीको घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षहरु स्थानीय तह वा वडा कार्यालयमा उपस्थित भई प्रमाणित गराउनुपर्ने व्यवस्था छ ।

हालै भएको संशोधनपछि दफा ३६ मा उपदफाहरु थप गरिएको छ । दफा ३६ (३) को (क) मा यो उपदफा प्रारम्भ हुँदाका बखत सम्बन्धित स्थानीय तह वा वडा कार्यालयबाट प्रमाणित नगराइएको लेनदेन कारोबारका लिखतहरु ६ महिनाभित्र प्रमाणित गराउने व्यवस्था छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  २ : २१ बजे