‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शिक्षक आन्दोलनमा ढुङ्गामुढा

​​​​​​​काठमाडाैँ । शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिरहेका शिक्षकहरुको आन्दोलनमा घुसपैठ भएको छ। 

आन्दोलन भड्काउने बाहिरी व्यक्तिहरुले प्रहरीलाई ढुङ्गा हानेको शिक्षकहरुले दाबी गरेका छन्। शिक्षकहरुले नै ढुङ्गा हान्ने व्यक्तिलाई समातेर प्रहरीलाई बुझाइरहेका छन्।

उनीहरूले निषेधित क्षेत्र तोड्नेदेखि सुरक्षाकर्मीको लाठी खोस्नेसम्मका हर्कत गरेका छन् ।

त्यतिमात्र होइन, शिक्षकहरूले सडक छेउमा रहेका रुखहरूको हाँगा भाँचेर सुरक्षाकर्मीमाथि प्रहार गरेका छन् ।

शिक्षकहरूले सुरक्षाकर्मीहरूमाथि पानीको बोतलले समेत प्रहार गरेका छन् ।

प्रदर्शन स्थलमा खटिएका सुरक्षाकर्मीहरूले भने हालसम्म संयमता अपनाएका छन् । सुरक्षाकर्मीले शिक्षकहरूलाई संयमित हुन आग्रह गरिरहेका छन् ।

देशभरका शिक्षक बुधबारदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । आफ्ना विभिन्न माग पूरा गराउन उनीहरूले सरकारलाई दबाब दिएका हुन् ।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन् ।

बिहीबार उनीहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरिरहेका छन् । त्यसक्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । सो क्षेत्रमा तनावको स्थिति रहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  २ : १७ बजे