‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शिक्षकहरूको हाजिरी सडकमै

काठमाडौ‌। आन्दोलनरत शिक्षक कर्मचारीहरूले सडकमै हाजिरी गर्न थालेका छन् । 

आन्दोलनका लागि देशभरबाट काठमाडौं आएका उनीहरुले सडकमै हाजिरी गर्न थालेका हुन् । 

प्रत्येक जिल्ला जिल्ला र पालिकामार्फत प्रतिनिधित्व गरेर शिक्षक कर्मचारीहरू आएका छन् । उनीहरूले आफ्नो पालिकामा मार्फत हाजिरी गरेर जिल्ला, प्रदेश हुँदै केन्द्रमा हाजिरी पठाउन निर्देशन छ ।

उनीहरूले गरेको प्रत्येक दिनको हाजिरी आन्दोलन सकिएपछि नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ । सोही आधारमा आन्दोलनका लागि देशभरबाट काठमाडौँ आएका शिक्षक कर्मचारीहरूलाई अनिवार्य रूपमा रजिस्टरमा हाजिरी गर्न निर्देशन दिइएको हो । 

शिक्षकहरुको आन्दोलनको आज दोस्रो दिन हो । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १ : २९ बजे