आन्दोलनरत शिक्षक र सरकारबीचको पहिलो वार्ता सकारात्मक

काठमाडौं । संसद्‌मा दर्ता शिक्षा विधेयकविरुद्ध काठमाडौंमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता सुरु भएको छ। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधिसँग सिंहदरबारमा वार्ता भएको हो। वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।

शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले सकारात्मक माग सम्बोधन हुने विश्वास दिलाउँदै शिक्षकहरूलाई पढाइ नरोक्न आग्रह गरेका थिए। 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १० : २५ बजे