काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज थकान बिदा दिएको छ । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि थकित भएको भन्दै नगरपालिकाले आज थकान बिदा दिएको हो ।
नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै आज विहिबार असोज चार गते नगरपालिका भित्र थकान बिदा दिएको जानकारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रे जिल्लाका अध्यक्षसमेत रहेका मेयर टोकबहादुर वाइवाले यस्तो अचम्मको बिदा दिएपछि यत्तिखेर सामाजिक सञ्जालमा काभ्रेको मण्डनदेउपुर नगरपालिका र मेयर वाइवा हासीमजाकको पात्र बनेका छन् ।
प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार ७ : २२ बजे
प्रतिक्रिया