‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राति बिरामीको उपचार गरिरहेका बेलौरीका अहेब कुटिए

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिकाका अहेबमाथि कुटपिट भएको छ ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्र गैरेमाथि गएराति बिरामीको उपचार गरिरहेका बेला हातपात भएको हो ।

अहेब गैरेलाई मदिरा सेवा गरेर स्वास्थ्य चौकी छिरेका सोही नगरपालिकाका रामबहादुर खड्काले हातपात गरेका हुन् । सार्वजनिक भिडिओमा उपचार गरिरहेका अहेब गैरेको खड्काले घाँटी न्याँकेको देखिन्छ ।

यसैबीच अहेबमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले आन्दोलनको घोषणा गरेका छन् । घटनाबारे प्रहरीलाई जानकारी गराउँदा प्रहरीलेसमेत चासो नदेखाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

बेलौरी नगरपालिकाको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले विज्ञप्ति जारी गर्दै तत्काल कारबाही नगरे ४ गतेदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ४ : ५३ बजे