सुनको मूल्यमा नयाँ कीर्तिमान

क्यानडामा भारतीय नागरिक माथि आक्रमण हुन सक्ने

काठमाडौँ – क्यानडामा रहेका भारतीय नागरिकमाथि आक्रमण हुन सक्ने भन्दै भारतले सावधानी अपनाउन आग्रह गरेको छ ।

हिजो मङ्गलवार क्यानडाले भारतमा यात्रा गर्दा सावधानी अपनाउन ‘ट्राभल एडभाइजरी’ जारी गरेसँगै आज बुधवार भारतले पनि एक सूचना जारी गर्दै क्यानडामा बसोबास गर्दै आएका भारतीयहरुलाई सावधानी अपनाउन आग्रह गरेको हो ।

क्यानडामा भारतीय कुटनीतिज्ञ र भारतीय समुदायका वर्गलाई लक्षित गरेर विभिन्न प्रकारका आक्रमण भएको भारतले दाबी गरे पनि त्यस्तो घटना हालसम्म कतै भएको छैन ।

क्यानडामा एक जना शिख नेताको हत्यामा भारतीय सरकारकै हात रहेको प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएपछि दुई देशबीच तनाव बढेको छ । क्यानाडाली एजेन्सीहरूले भारतले सिख समुदायका क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको सारेबजारमा हत्या गरेको बताएका छन् ।

विश्व सिख संगठनका प्रवक्ता बलप्रीत सिंहले निज्जरलाई लगातार धम्की आइरहेको बताएका थिए ।

भारतले चरमपन्थी र पृथकतावादी समूहको नेतृत्व गरेको बताउँदै आएका सिख समुदायका अवतार सिंह खाण्डाको गत जुनमा बेलायतमा र परमजीत सिंह पञ्जवादको गत मे महिनामा लाहोरमा गोली हानेको थियो । 

दुवै देशले एक/एक जना उच्च कुटनीतिक अधिकारीलाई देश निकाला गर्ने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ४ : १० बजे